• शुक्रबार, साउन ८ २०८३

शक्ति माविको व्यवस्थापन समिति अध्यक्षमा दिपेन्द्र श्रेष्ठ


आइतबार, चैत्र १६ २०८१
2.6K
Shares

गोरखा। गोरखा सदरमुकामस्थित शक्ति माध्यमिक बिद्यालयको व्यवस्थापन समिति अध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन भएका छन् । विद्यालयको शनिबार सम्पन्न अभिभावक भेलाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

जसको सदस्यहरुमा हाजि जमिल मियाँ, प्रवेश शाही, सुमित्रा श्रेष्ठ र स्मृति खवास चयन भएका छन् । सदस्य सचिवमा राजेन्द्रप्रसाद अधिकारी छन् । भेलाले गुणस्तर लेखाजोखा तथा सुपरीवेक्षण समिति समेत गठन गरेको छ ।

जसको अध्यक्षमा नारायणबाबु दानी चयन भएका छन् । सदस्यहरुमा अनिषा श्रेष्ठ, हमिदा खातुन र विजय ज्ञवाली चयन भएको बिद्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार