• शनिबार, साउन ९ २०८३

व्यवसायिकतामा जोड्न स्याङ्जाका मुस्लिम महिलालाई ‘लाछाको डोरी’ बनाउने तालिम


आइतबार, चैत्र १६ २०८१
2.1K
Shares

स्याङ्जा । पुतलीबजार नगरपालिका वडा नं ३ बस्ने २४ वर्षे अनुसा मियाँ कुनै पनि सीप नभएपछी घरधन्दा मात्रै गरेर बस्नुपरेको थियो । अब भने उहाँको सोचमा परिवर्तन आएको छ । उहाँ अव घरमै बस्दा पनि लाछाको डोरी बुन्नेर व्यवसायिक ढंगबाट अगाडी बढेर आम्दानी गर्ने सोच गर्नु भएको छ ।

त्यस्तै पुतलीबजार नगरपालिका घर भएकी जमिना बानु ले पनि लाछाको डोरी बनाउने र त्यसलाई बजारसम्म पुर्याएर बेच्ने सोचमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ परिवारको लालानपालनको लागि केही सिप सिक्न पाए भन्ने लागेको थियो आज साकार भयो ।

स्याङ्जाका मुस्लिम समुदायका महिलाहरुको लागि लाछाको डोरी बनाउने सिपमूलक तालिमको समापनमा सहभागिहरुको भनाइ हो यो । सामाजिक विकास कार्यालय स्यङ्जाको आयोजनामा नुरी इस्लामिक मदरसा स्कुलको प्राङ्गणमा जिल्लाका मुस्लिम समुदायका महिलाहरुको लागि आर्थिक सशक्तीकरण गर्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

१० दिन सम्म सञ्चालन भएको उक्त तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले लक्षित समुदायका महिलाहरुको यस प्रकारका कार्यक्रमले उनीहरुको आर्थिक सशक्तिकरण सँगै व्यवसायिकता वृद्धि गर्न महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेलले मुस्लिम समुदायको परम्परागत सीपको रुपमा रहेको पेशालाई आधुनिक ढंगबाट तालिम सञ्चालन गरी व्यवसाय वृद्धि गर्ने कार्यालयको लक्ष्य रहेको बताउनु भयो । उहाँले सिकेको सिपलाई जीवन उपयोगी बनाउनुपर्ने बताउदैँ सिकान्तकृत नागरिकलाई सचेतना सँगै आर्थिक सशक्तीकरणको लागि आफ्नो कार्यालय सधै सहयोग गर्न तयार रहेको बताउनु भयो ।

कार्यक्रमको अध्यक्षता गर्नु भएका मुस्लिम समाज बाडखोलाका वरिष्ठ उपाध्यक्ष शाह खालिद मियाले टोल स्तरमै आएर कार्यालयले मुस्लिम महिलाहरुको सीप विकास र सशक्तिकरणको लागि गरेको यस कार्य अनुकरणीय रहेको बताउनु भयो ।

कार्यक्रमा मुस्लिम समुदायको हक हित र अधिकार को लागि लाग्नुभएका विभित्र संघसंस्थाका प्रतिनिधिहरु, पुतलीबजार नगरपालिका वडा नं ३ का वडासदस्यहरु सोमबहादूर नेपाली , हाजि अमिर बक्स मियाँ, बाडखोला मुस्लिम समाजका पूर्व अध्यक्ष हाजि सेर अलिमियाँले आफ्नो धारणा राख्नु भएका थियो ।

तालिममा स्याङ्जा जिल्लाका २० जना मुस्लिम समुदायका महिलाहरु सहभागी हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन बाडखोला मुस्लिम समाजका सचिव अलि मोहम्मदले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य समाजका सहसचिव अमिर आलमले सञ्चालन गर्नुभएको थियो भने उक्त कार्यक्रम पुतलीबजार नगरपालिका र बाडखोला मुस्लिम समाजको समन्वयमा सम्पन्न भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार