गोरखा । नेपाल वितरक संघ गोरखाको अध्यक्षमा डण्डपाणी कट्टेल चयन भएका छन् । बिहिबार गोरखामा भएको व्यवसायीहरुको भेलाले कट्टेलको नेतृत्वमा ११ सदस्यिय तदर्थ समिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा मनकाजी श्रेष्ठ, सचिवमा विशाल राना मगर, कोषाध्यक्ष काजीराम श्रेष्ठ निर्विरोध भएका छन् । संघको सदस्यमा दिपक कुमार श्रेष्ठ (अनु), श्याम बाबु जोशी, कृष्णमान श्रेष्ठ, गोकर्ण बहादुर राना मगर, शिवध्वज खत्री, सुवासबाबु श्रेष्ठ र कमल नारायण श्रेष्ठ चयन भएको बताइएको छ ।
नेपाल बितरक महासंघका महासचिव शिव खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा, गोरखा उधोग बाणिज्य सघका अध्यक्ष भगवान बाबू मास्के, गोरखा चेम्बर अफ कमर्सको अध्यक्ष भाइचन्द्र श्रेष्ठ लगायतको समेत उपस्थिती रहेको थियो ।