• शनिबार, साउन ९ २०८३

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल गोरखाको अध्यक्षमा श्रेष्ठ


आइतबार, माघ १३ २०८१
1.7K
Shares

गोरखा । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल गोरखाको अध्यक्षमा नवराज श्रेष्ठ चयन भएका छन् । शनिबार सम्पन्न महासंघ गोरखाको पाँचौ जिल्ला अधिवेशनले श्रेष्ठलाई निर्विरोध चयन गरेको हो ।

जस्को उपाध्यक्षमा रोशन बानियाँ, सचिवमा मोति कुमाल, उपसचिवमा राजाराम बानियाँ, कोषाध्यक्षमा नवराज राना साथै सदस्यमा हिमा गुरुङ, विकास थापा र पूर्ण कुमारी गुरुङ निर्विरोध भएका छन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ गोरखाका उपाध्यक्ष रोशन बाँनिया अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष सुरेन्द्र थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ केन्द्रीय उपाध्यक्ष त्रिलोक चन्द्र गुरुङ, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ केन्द्रीय उपाध्यक्ष जगत नेपाली, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ केन्द्रीय सचिव तथा गण्डकी प्रदेश ईन्चार्ज लक्ष्मण बसौला, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ केन्द्रीय सचिवालय सदस्य अनुप केसि, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ केन्द्रीय सदस्य गोरखा ईन्चार्ज खिलप्रसाद पौडेल लगाएतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार