• शनिबार, साउन ९ २०८३

स्वास्थ्य पत्रकार मञ्चमा भिषा काफ्लेको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति


आइतबार, माघ १३ २०८१
1.4K
Shares

काठमाडौँ । स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा भिषा काफ्ले निर्वाचित भएका छन् । शनिबार काठमाडौँमा सम्पन्न मञ्चको छैटौँ राष्ट्रिय अभिवेशनबाट काफ्लेको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

निर्वाचन समितिका अनुसार मञ्चको बरिष्ठ उपाध्यक्षमा बुद्धि कटेल निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन भएको दुई जना उपाध्यक्ष पदका लागि महेश तिमल्सिना बिजयी भएका छन् । अर्को पदमा भने सञ्जीता खनाल र शरद शर्माको बराबर मत आएपछि एक एक वर्ष आलोपालो गर्ने सहमति भएको छ ।

महासचिव पदमा शिवहरि घिमिरे निर्वाचित भएका छन् । यस्तै सचिव पदमा ज्योति अधिकारी निर्वाचित भएकी छन् । कोषाध्यक्षमा भने सिर्जना खत्री विजयी भएकी हुन् ।

सदस्यहरुमा उपेन्द्र खड्का, सृजना कार्की, सुरेश खनाल, सन्तोष राई, कृष्ण आचार्य, भोला अधिकारी, लक्ष्मी चौलागाईँ, विना न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।

अधिवेशनले बासुदेव न्यौपानेलाई लुम्बिनी प्रदेश संयोजक, वीरबहादुर तामाङलाई बागमती प्रदेश, मोहसिन अलि मियालाई गण्डकी प्रदेश संयोजकमा निर्वाचित गरेको छ । यस्तै तुलसा घिमिरेलाई प्रवास संयोजकमा निर्वाचित गरेको छ ।

मञ्चका अध्यक्ष सरोज ढुंगेलको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार