काठमाडौं । स्वास्थ्य पत्रकार मञ्च नेपालको गण्डकी प्रदेश संयोजकमा सिभिलखबरका कार्यकारी सम्पादक मोहसिन अलि मियाँ चयन भएका छन् ।
शनिबार काठमाडौंमा सम्पन्न मञ्चको छैटौं अधिवेशनबाट मियाँ गण्डकी प्रदेश संयोजकमा सर्वसम्मत चयन भएका हुन् । गोरखाका मियाँ एकदशक यता पत्रकारिता पेशामा आवद्ध छन् ।
उनले पछिल्लो समय सिभिलखबरमा रहि स्वास्थ्य क्षेत्रलाई मुख्य बिट बनाएर कलम चलाइरहेका छन् ।