• शनिबार, साउन ९ २०८३

भूमि आयोग गोरखाको अध्यक्षमा राजनराज पन्त नियुक्त


सोमबार, पुष २९ २०८१
1.7K
Shares

भूमि समस्या समाधान आयोग जिल्ला समिति गोरखाको अध्यक्षमा राजनराज पन्त नियुक्त भएका छन् । सोमवारको मन्त्रीस्तरीय निर्णयबाट उनी अध्यक्षमा नियुक्त भएका हुन् ।

भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ को दफा ८ को उपदफा (१) को खण्ड (क) बमोजिम पन्तलाई गोरखाको अध्यक्षमा नियुक्त गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले जनाएको छ ।

साथै उनले अध्यक्षको सपथ समेत आजै लिइसकेका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पन्तसहित ७१ वटा जिल्लाका अध्यक्षहरुलाई सपथ गराएका हुन् ।

अध्यक्ष नियुक्त भएका पन्त गोरखा नगरपालिकाका निर्वतमान मेयर समेत हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार