• शनिबार, साउन ९ २०८३

मुस्लिम संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशन पौष २० गते, गगन थापाले सम्बोधन गर्ने


आइतबार, पुष १४ २०८१
3.2K
Shares

काठमाडौं । नेपाल मुस्लिम संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशन यहि पौष २० गते हुने भएको छ । संघका प्रदेश अध्यक्ष शाह मोहम्मद मियाँका अनुसार अधिवेशनको उद्घाटन पुष २० गते नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले गर्ने तय भएको छ ।

पोखरा स्थित सिल्भर प्लेट पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रममा गण्डकी प्रदेशका ९ वटा जिल्लाबाट डेढ सय प्रतिनिधीसहित परिवेक्षक तथा सहभागीहरु गरी करिब एक हजार जना सहभागी हुने बताइएको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

अधिवेशनलाई नेपाली काँग्रेस केन्द्रिय सदस्य समेत रहेका संघका संस्थापक अध्यक्ष अब्दुल सत्तार, प्रदेश सभापति शुक्रराज शर्मा, काँग्रेसका केन्द्रियहरु सदस्य गुरु बराल, सरस्वती शर्मा तिवारी लगायतले सम्बाधेन गर्ने कार्यक्रम रहेको संघका प्रदेश सभापति मियाँले बताए ।

अधिवेशनकै अवसरमा बिभिन्न विद्यामा योगदान पु¥याउने मुस्लिम ब्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको उनको भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार