• शनिबार, साउन ९ २०८३

अखिल क्रान्तिकारी गोरखाको अध्यक्षमा सुलभ अम्गाई


आइतबार, पुष १४ २०८१
1.6K
Shares

गोरखा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी गोरखाको नेतृत्व चयन भएको छ ।

गत भदौं ७ गते सम्पन्न २१ औं सम्मेलनबाट चयन भएका ५१ सदस्सीय कार्यसमितिले शनिवार पदाधिकारी चयन गरेको हो ।

जसको अध्यक्षमा सुलभ अम्गाई, उपाध्यक्षमा सन्तोष बस्न्यात र सरोज चुदारा, सचिवमा सचिन खनाल, सहसचिवमा सन्ध्या अच्छामी र कोषाध्यक्षमा आकृती उपरकोटी सर्वसम्वत चयन भएको निर्वाचन मण्डलका रामकृष्ण भट्टले जानकारी दिए ।

अध्यक्ष मण्डलकी अध्यक्ष सुभ्रदा खड्काको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र केन्द्रीय सदस्य कमला नहर्की, जिल्ला सचिव अकुर तिमिल्सीना, अध्यक्षमण्डलका सदस्यहरु भट्ट र अशोक मरहट्टाले मन्तव्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार