• शनिबार, साउन ९ २०८३

गोरखा जेसिजमा सुमन गुरुङको नेतृत्व


आइतबार, पुष १४ २०८१
1.8K
Shares

गोरखा । गोरखा जेसीज गोरखाको अध्यक्षमा सुमन गुरुङ चयन भएका छन् । शनिबार भएको ४४ औँ अधिबेशनले गुरुङको अध्यक्षतामा सन् २०२५ का लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको कार्यकारिणी उपाध्यक्षमा जीवन थापा र रचन परियार रहेका छन् । युनिक अर्याल, शौनक घिमिरे, सन्देश खत्री र सन्जोग मास्के उपाध्यक्षमा चयन भएको छ । सह सचिवमा श्याम आले र सहकोषाध्यक्षमा सन्दिप ढकाल चयन भएका छन् ।

२०२४ का अध्यक्ष अस्बिन ढुङ्गानाको अध्यक्षता तथा पूर्व अध्यक्ष धिरजबहादुर मास्केको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमममा जेसीजका मानार्थ सदस्य राजनराज पन्त, पूर्व अध्यक्षहरु भगवान बाबु मास्के, विष्णु रानामगर, रुसबाबु जोशी लगायतले मन्तव्य राखेका थिए । आगामी बैठकले समितिका महासचिव लगायतका अन्य पदाधिकारी चयन गर्ने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार