• शनिबार, साउन ९ २०८३

प्रेस सेन्टर गोरखाको अध्यक्षमा पौडेल सर्वसम्मत


आइतबार, पुष १४ २०८१
1.2K
Shares

गोरखा । प्रेस सेन्टर नेपाल गोरखाको अध्यक्षमा राजेश पौडेल चयन भएका छन् । शनिवार जिल्ला सदरमुकाममा भएको पाँचौं जिल्ला सम्मेलनले पौडेललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । जसको उपाध्यक्षमा धनबहादुर तामाङ, महिला उपाध्यक्षमा अस्मिता सिंखडा, सचिवमा यम बसेल चयन भएका छन् ।

यसैगरी सहसचिवमा अमृत बिक, बिमल श्रेष्ठ चयन भएका छन् भने अभिषेक तामाङ कोषाध्यक्षमा सर्वसम्मत भए । सदस्यहरुमा सुरजसागर कुमाल र सुरज गुरुङ रहेका छन् । कार्यक्रममा माओवादी केन्द्रका जिल्ला इन्चार्ज अमर तमु, प्रेस सेन्टरका उपमहासचिव दिपक श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार