• बिहिबार, असोज ८ २०८३

कांग्रेस प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा गोरखाका बुद्धिमान श्रेष्ठ नियुक्त


मंगलबार, पुष ९ २०८१
1.4K
Shares

गोरखा । नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा गोरखाका डाक्टर बुद्धिमान श्रेष्ठ नियुक्त भएका छन् ।

उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले नेपाली काङग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ३६ तथा कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम प्रतिष्ठानको कार्यकारी निर्देशकमा श्रेष्ठलाई नियुक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

श्रेष्ठ शहिद लखन गाउँपालिका वडा नं ७ स्थित बकेन्श्वाँरा निवासी हुन् । प्रतिष्ठानको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका डा श्रेष्ठलाई सोमबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सपथग्रहरण गराएका छन् ।

यसअघि २०८० वैशाखमा प्रतिष्ठानको कार्यकारी निर्देशकमा रुपमा सुरेश आचार्य नियुक्त भएका थिए । आचार्यलाई सरकारले सूचना आयोगको प्रमुख सूचना आयुक्तमा नियुक्त गरेपछि प्रतिष्ठानको कार्यकारी निर्देशकको पद रिक्त थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार