गोरखा । नेपाल भूतपूर्व सैनिक संघ गोरखाको अध्यक्षमा पुनः बद्रिप्रसाद पोखरेल चयन भएका छन् । संघको आईतबार सम्पन्न छैटौँ अधिवेशनले पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । पोखरेल यसअघि समेत संघको जिल्ला अध्यक्ष थिए ।
जसको सचिवमा बुद्धिबहादुर कुमाल र कोषाध्यक्षमा मिनबहादुर गुरुङ चयन भएका छन् । नेपाली काँग्रेसका गोरखाका सभापति नन्दप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट सदस्यमा कञ्चनकुमार श्रेष्ठ, विष्णुबहादुर थापा मगर, रामबहादुर खत्री, मेखबहादुर बस्नेत, सीताराम थापा मगर चयन भएका छन् ।
यस्तै बेदबहादुर बराम, श्यामबहादुर लामिछाने, दिपकबहादुर लामिछाने, टेकबहादुर राना, मनबहादुर राना मगर, निलबहादुर पुलामी, गोविन्द राना मगर, माधव अर्याल, एकराज गुरुङ, शिवजी बानियाँ, मछेन्द्र बाबु थापा र अनिल श्रेष्ठ समेत संघको जिल्ला सदस्यमा चयन भएको बताइएको छ ।
यसैगरी संघको केन्द्रिय प्रतिनिधिहरुमा शेरबहादुर थापा, रेशमबहादुर गुरुङ, परशुराम पोखरेल र पोखबहादुर पौडेल चयन भएका छन् भने प्रदेश प्रतिनिधिमा राजु थापा, सुब्बा पन्त, गोविन्द गुरुङ र भगवती कुमाल चयन भएको संघले जनाएको छ ।