गोरखा । गोरखा उद्योग बाणिज्य संघकोे अध्यक्षमा भगवानबाबु मास्के चयन भएका छन् । संघको १७ औं अधिवेशनका लागि आज मनोनयन तोकिएको थियो । तर अध्यक्षमा मास्केको मात्रै उम्मेदवारी परेको बताइएको छ ।
त्यस्तै महासचिवमा चन्दनबाबु खत्री चयन भएका छन् । महासचिवमा पनि खत्रीको मात्रै उम्मेदवारी परेपछि उनि सर्वसम्मत भएका हुन् । संघको बरिष्ठ उपाध्यक्षमा अस्मकबाबु श्रेष्ठ, उपाध्यक्षमा प्रकाशचन्द्र श्रेष्ठ, कोषाध्यक्षमा सुरेन्द्र कुवँर, सचिवमा शरण श्रेष्ठ र सहकोषाध्यक्षमा बसन्त बस्नेत निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै संघको कार्यसमिति सदस्य समेत निर्विरोध भएका छन् । जसमा महिला सदस्यमा शुसिला श्रेष्ठ, बस्तुगत सदस्यमा पर्व बहादुर बिक, एशोसियट सदस्यमा विक्रम बस्नेत, सदस्यहरुमा प्रदिप खनाल, पुष्कल अर्याल, कर्णबहादुर गुरुङ, दिपककुमार श्रेष्ठ, मनकाजी श्रेष्ठ, काजीराम श्रेष्ठ, किरण ढकाल, भोला प्रसाद मरहट्टा र सोम कोइराला निर्विरोध निर्वाचित भएको बताइएको छ । उनिहरुको आधिकारिक घोषणा भने हुन बाँकी रहेको निर्वाचन समितिका संयोजक स्थानेश्वर दुवाडीले बताए ।
संघको ४९ औं बार्षिक साधारण सभा तथा १७ औं अधिवेशन यहि पुष ५ र ६ गते तोकिएको छ । अधिवेशनको उद्घाटन ५ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने तय भएको संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए ।