• शनिबार, साउन ९ २०८३

भुतपूर्व सैनिक संघको गोरखा नगरसमितिमा ओमबहादुर


बिहिबार, मंसिर २७ २०८१
1.9K
Shares

गोरखा । भुतपूर्व सैनिक संघको गोरखा नगर समितिकोे अध्यक्षमा ओमबहादुर श्रेष्ठ चयन भएका छन् । बुधबार नेपाली काँग्रेसको पार्टी कार्यालय तिनधारेमा सम्पन्न संघको छैटौ नगर अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।

संघका जिल्ला अध्यक्ष बद्री प्रसाद पोखरेलको अध्यक्षता तथा काँग्रेसका गोरखा नगरसभापति चन्दनबाबु खत्रीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनबाट सचिवमा राजकुमार केसी, कोषाध्यक्षमा गणेशबहादुर थापा मगर चयन भएका छन् ।

त्यस्तै संघको नगर कार्यसमिति सदस्यमा शेर बहादुर नेपाली, ध्रुवबाबु श्रेष्ठ, टेकबहादुर थापा मगर, काजीबाबु पन्त, शेरबहादुर खनखवास, लोकबहादुर थापा, कमल भण्डारी र ध्रुव केसी सर्वसम्मत चयन भएको बताइएको छ । अधिवेशनमा संघका केन्द्रिय सदस्य डिलबहादुर थापा, हरिकुमार थापा लगायतले मन्तब्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार