काठमाडौं । आगामी मंसिर २३ गतेदेखि ७ दिनसम्म नेपालमा मानवअधिकार महाभेला हुने भएको छ । ७६ औं मानवअधिकार दिवशको सन्दर्भ पारेर मंसिर २३ देखि २९ गतेसम्म ७ वटै प्रदेश, जिल्ला तथा स्थानीय स्तरमा समेत कार्यक्रम गरेर १६ औं मानवअधिकार राष्ट्रिय महाभेला गर्न लागिएको हो ।
‘सामाजिक, आर्थिक तथा वातावरणिय न्यायको आधारः सिमान्तकृत समुदायको मानवअधिकार’ भन्ने मुल नाराका साथ मनाउन लागिएको महाभेलाको उद्घाटन मंसिर २३ गते दिनको २ बजे जावलाखेलस्थित स्टाफ कलेजमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले गर्ने बताइएको छ ।
मानवअधिकारको विश्विब्यापी अवधारणा तथा त्यसको फाइदा सिमान्तकृत समुदायले नपाईरहेको अवस्थामा यस महाभेलामा बिभिन्न सवालहरुमा ७ दिनसम्म वहस, छलफल, प्रदर्शन, ¥याली जस्ता कार्यक्रम आयोजना गरिने तथा र यस कार्यक्रम मार्फत मानवअधिकार प्रति जिम्मेवार र जवाफदेहि हुन सरकार, नीजि क्षेत्रलाई दवाव सृजना गरिने एवं विश्वमा बढ्दै गएको हिंशा, आतंक र प्राकृतिक स्रोत तथा वातावरणमाथी दोहन गरी समुदायको जिविकोपार्जनको अधिकारका सवाललाई प्राथमिकतापूर्वक उठान हुने महाभेलाका संयोजक भोला भट्टराईले बताए ।
यस महाभेलाको क्रममा मानवअधिकारप्रति राजनीतिक पार्टीको प्रतिवद्धता एवं बिभिन्न सरकारी निकायको जवाफदेहिता खोज्न संवादहरु हुने, मानवअधिकारको निगरानी गरिने, काठमाडौं लगायत बिभिन्न स्थानहरुमा ¥यालीहरु आयोजना गरिने बताइएको छ ।
करिब २ सय संघसंस्था, मानवअधिकार रक्षक, राष्ट्रिय मानवअधिकार आयोग, लगायतका निकायको प्रत्यक्ष सहभागितामा हुने यस महाभेलाले बर्षभरी नै सिमान्तकृत समुदायको मानवअधिकारको सुनिश्चितताका लागि पैरवी गर्ने आयोजकले जनाएको छ ।