• शनिबार, साउन ९ २०८३

कस्तो रह्यो गोरखाको उपनिर्वाचन ? मतपरिणाम कहिले ?


आइतबार, मंसिर १६ २०८१
1.2K
Shares

गोरखा । स्थानीय तहको उपनिर्वाचन अन्तरगत गण्डकी प्रदेशकै एक मात्रै स्थानमा भएको गोरखा नगरपालिका वडा नम्बर ५ मा मतदान सकिएको छ ।

वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचन शान्तिपूवर्क सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २ हजार २ सय २५ जना मतदाता रहेको सो वडामा १ हजार ३ सय ७३ मत खसेको छ ।

यो जम्मा मतदाताको ६२ प्रतिशत हुन आउछ । ९ जना उम्मेदवार रहेको वडाध्यक्ष पदको मतगणना केहि बेरपछि सुरु गर्ने र आजै बेलुका करिब ९ बजभित्र अन्तिम मतपरिणाम घोषणा गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार