काठमाडौं । सीमान्तकृत समुदायको जिवोकोपार्जनमा सहयोग पु¥याउन ग्रामिण स्तरमा कार्यरत नागरिक समाज संघसंस्थाहरुको राष्ट्रिय सम्मेलन हुने भएको छ ।
आगामी मंसिर ५ गते बुधबार काठमाडौमा हुने राष्ट्रिय सम्मेलनले ग्रामिण तहमा कार्यरत नागरिक समाज संघसंस्थाको सवलीकरण गर्ने जसका कारण पछाडी पारिएका वर्ग र समुदायको जीविकोपार्जन एवं हकहितको संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको छ ।
राष्ट्रिय जनवकालत मञ्च ९नाफान०को आयोजनामा हुने सम्मेलनले सरकार र बिभिन्न गैरसरकारी संघसंस्थाहरुले विकासका नाममा गर्ने खर्चलाई ब्यवस्थित र पारदर्शी बनाउँदै सिमान्तकृत समुदायसम्म पु¥याउन दवाव दिने अपेक्षा गरिएको छ ।
राष्ट्रिय मानवअधिकार आयोग, काठमाडौं विश्वविद्यालय, कृषि वन विश्वविद्यालयको समेत साझेदारी र बिभिन्न १३ संघसंस्थाको सहकार्यमा हुन लागेको सम्मेलनले खासगरी दलित, जनजाती, आपाङ्गता भएका ब्यक्ति, अल्पसंख्यक, यूवा, बालबालिकाको मानवअधिकारको समेत प्रवद्र्धन आयोजक नाफानका अध्यक्ष हरि देवकोटाले जानकारी दिए ।
त्यस्तै सम्मेलनबाट प्राप्त निष्कर्षलाई सरकार, विकास नियोग तथा अन्तराष्ट्रिय गैरसरकारी संघसंस्थामा समेत ध्यानाकर्षण गराइने बताइएको छ । पाँच वटा सत्रमा सञ्चालन हुने सम्मेलनमा राउटे, कुसुण्डा, चेपाङ, दलित, जनजाती, अपाङ्गता भएका व्यक्ति, मधेसी, महिला, युवा लगायत गरी २ सय भन्दा बढीको सहभागिता रहेको बताइएको छ ।