• शनिबार, साउन ९ २०८३

गण्डकी प्रदेशको पहिलो न्यायिक भेला गोरखाले गर्दै, ८५ वटै पालिकाका प्रतिनिधी सहभागी हुने


आइतबार, भाद्र ३० २०८१
2.3K
Shares

गोरखा । गण्डकी प्रदेश स्तरीय न्यायिक भेला तथा प्रशिक्षण कार्यक्रम गोरखामा हुने भएको छ । प्रदेश भित्रका ११ जिल्लाका ८५ स्थानीय तहको भेला असोज ४ र ५ गते गोरखामा गर्न लागिएको सोमबार गोरखा नगरपालिका न्यायिक समितिले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

‘न्याय नपाय भन्ने उखानै छ, गण्डकी प्रदेशमै पहिलो पटक गोरखाबाट नयाँ कामको थालनी गर्न लागेका छौ,’ गोरखा नगरपालिकाको न्यायिक समिति संयोजक एवं उपप्रमुख मसलीमाया थोकरले भनिन्, ‘हाम्रा असल अभ्यास समस्या चुनौतीबारे छलफल गर्ने एउटा महन्वपूर्ण अवसर पनि हो ।’

कार्यक्रमको औचित्यबारे प्रष्ट पार्दैै उनले हरेक स्थानीय न्यायिक समितिले गरेको कार्यसम्पादन कामकाज तथा सञ्चालन गरिएको गतिविधीका बारेमा अनुभव आदानप्रदान, छलफल र असल अभ्यासलाई प्रदेशभरका न्यायिक समितिमा एक रुपता कायम गर्ने उदेश्य राखिएको बताइन ।

उनका अनुसार कार्यक्रममा राष्टिूयस्तरका कानुनविद्, संविधानविद् लगायतबाट नेपालको संविधानको कार्यान्वयन चुनौती र अवसर, न्यायिक समितिका सवालहरु, मुख्य न्यायधिवक्ताको कार्यालय गण्डकी प्रदेशबाट निर्मित न्यायिक कार्यविधीको मस्यौदा, न्याय सम्पादनका चुनौती जटिलता, अवसर लगायतका बारे छलफल, कार्यपत्र प्रस्तुतीकरण र अन्तरक्रिया समेत हुनेछ ।

प्रदेश अन्र्तगतका सम्पूर्ण पालिकाहरुमा न्यायिक समितिको कार्यविधिगत एकरुपता कायम गर्न पहल गर्ने उनको भनाइ छ ।

स्थानीय न्यायिक समितिको पदाधिकारी र कर्मचारीहरुको काम कर्तव्य र अधिकार सम्वन्धी क्षमता अभिबृद्धि गरी र आगामी दिनमा प्रत्यक स्थानीय तहको न्यायिक कार्य सम्पादान प्रभावकारी बन्ने उनले विश्वास लिएकी छिन् ।

त्यस्तै गोरखा नगरपालिकाले यो बर्षलाई पर्यटन बर्षको रुपमा घोषणा गरेको भन्दै पुर्वसन्ध्यामा आयोजित यस कार्यक्रमले गोरखा जिल्लाको पर्यटन विकासमा समेत थप टेवा पुग्ने अपेक्षा लिइएको छ । संविधानले स्थानीय तहको न्यायिक समितिलाई संबैधानिक मान्यता दिएको हुँदा सबिधिान दिवसको अवसमा यो कार्यक्रम राखिएको उनले बताइन् ।

स्थानीयमा तहमा कहाँ कस्तो काम भइरहेको छ भनि बुझने र सो कामहरुलाई अझै व्यवस्थित बनाउने उक्त कार्यक्रमले मद्धत पुग्ने गोरखा नगरपालिकाका नगरप्रमुख एवं कार्यक्रमका प्रमुख अतिथी कृष्ण वहादुर राना मगरले बताए ।

हामीले गोरखा नगरपालिकालाई यो वर्ष टुरिजम वर्षको हिसाबले मनाउन लागेका छौं,’ उनले भने ,‘यो कार्यक्रमलाई गोरखा नगरपालिकाको निम्ति गौरवको कुरा हो, हामीले यसलाई सुरुवातको रुपमा लिएका छौं ।’

कार्यक्रमले गोरखा र गोरखाको महत्वबारे बुझने अवसर मिल्ने उनको भनाई छ । ‘यो महत्वको कार्यक्रम हो, यसले नगरपालिकाको प्रचारात्मक हिसावले पनि मद्धत पुग्छ,’ उनले भने, ‘नेपालमा जन्मेका मानिस एक पटक गोरखा आउने वातावरण कार्यक्रममा सृजना गराउछौं ।’

न्यायिक समितिको गण्डकी प्रदेश भेला गोरखाका गर्नु स्वागत योग्य भएको उद्योग बाणिज्य संघ गोरखाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले बताए । ‘गोरखाको व्यापार व्यवसाय सिथिल रहेको अवस्थामा यस कार्यक्रमले यहाँको पर्यटन पैर्वदन गर्न महत्वपूर्ण भुमिका खेल्छ,’ उनले भने, ‘यसले यहाँको पर्यटन प्रवद्र्धन गर्न पनि टेवा पुर्याउँछ भन्ने हाम्रो विश्वास छ ।’

कार्यक्रमको लागि करिब १६ लाख ४३ हजारको अनुमानित खर्च लाग्ने नगरपालिकाको अनुमान छ । जसअन्र्तगत मख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय गण्डकी प्रदेशबाट २ लाख, मुख्यन्यायधिवक्ता कार्यालय बाट ४ लाख र गोरखा नगरपालिकाबाट १० लाख ४३ हजार रुपैयाँ लागत सहभागिता रहने आयोजनकले जनाएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख अतिथ्यतामा हुने प्रदेश भेलामा मुख्यन्यायधिवक्ता, संविधान विद्, प्रदेश सभा सदस्यहरु, नगरपालिका संघ नेपालको अध्यक्ष, गाउँपालिका महासंघ नेपालको अध्यक्ष, गोरखा नगरपालिकाका सदस्यहरु गण्डकी प्रदेश भित्रका ८५ वटै पालिकाका उपप्रमुख सहित कर्मचारी पदाधिकारी र जिल्लाका सरोकारवाला लगायत करिब ३५० जनाको सहभागिता रहने नगरपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार