गोरखा । नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धी जिल्ला कार्यसमिति अध्यक्षमा पुन : मनोज गुरुङ चयन भएका छन् । शनिबार भएको पाचौँ अधिबेशनले उनको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
जसको बरिष्ठ उपाध्यक्षमा बिजय गुरुङ, उपाध्यक्षमा मन्जाली गुरुङ, कोपिला गुरुङ, सचिवमा मोहन गुरुङ, संगठन सचिवमा सबिन गुरुङ, प्रचारप्रसार सचिवमा बिबर गुरुङ, सांस्कृति संयोजकमा माया गुरुङ सहचिवमा रन्जना गुरुङ र कोषाध्यक्ष्यमा दिपक गुरुङ, सहकोषाध्यक्ष्यमा सनम गुरुङ चयन भएका छन् ।
नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धी जिल्ला कार्यसमितिका अध्यक्ष मनोज गुरुङको अध्यक्षतामा तथा केन्द्रीय महासचिव पवन गुरुङको प्रमुख आत्थियतामा भएको कार्यक्रममा तमु ह्यु छों.धी गोरखाका अध्यक्ष रामबहादुर गुरुङ, नेपाल तमू विद्यार्थी विद्यार्थी प्रदेश ४ का प्रमुख बिकास गुरुङ, बारपाक सुलिकोट गाउँपालिका वडा ८ का वडाध्यक्ष शरण गुरुङ, तमू ह्यु.छों धी अनुगमन तथा केन्द्र निर्देशन केन्द्रीय समिति सदस्य जगन सिंह तमु, नगर अध्यक्ष बमबहादुर तमु, तमु प्ले. ल्हु संघका अध्यक्ष सूर्यबहादुर तमु लगायतको सहभागीता रहेको थियो ।
साथै कोषाध्यक्षको आर्थिक प्रतिबेदन, वार्षिक प्रतिबेदन प्रस्तुत गरेको कार्यसमितिले जनाएको छ । साथै अधिबेशनकै अबसरम तमु विद्यार्थीलाई विभिन्न समयमा सहयोग गर्ने तमू ह्यु.छों धी अनुगमन तथा केन्द्र निर्देशन केन्द्रीय समिति सदस्य जगन सिंह तमु, तमू ह्युल छों धी गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य दुर्गा तमुस्योलाई सम्मान गरिएको जिल्ला कार्यसमितिले जनाएको छ ।