पोखरा । नेकपा एमालेले गण्डकी प्रदेशमा मन्त्री हुने ४ जनाको नाम टुंग्याएको छ । ९ सदस्यिय मन्त्रिमण्डलमा एमालेले ४ मन्त्रालय पाउने निश्चित भएसंगै मन्त्रीको नाम टुंगाएको हो ।
जसमा एमाले नेताद्धय खगराज अधिकारी र पृथ्वी सुब्बा गुरुङवीच बराबरी भागबण्डा भएको छ । मन्त्री बन्नेमा बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाशबहादुर केसी, पर्वतका मित्रलाल बस्याल, नवलपुरकी पद्मा जिसी रहेको एमाले स्रोतले जनाएको छ । उनीहरुको आजै शपथ ग्रहणको तयारी छ ।
पाठक र केसी खगराज अधिकारी निकट तथा बस्याल र जिसी पृथ्वीसुब्बा गुरुङ निकट मानिन्छन् । गुट र भूगोल समेत मिलाएर दलका नेता अधिकारीले आज बिहान मात्रै नाम टुंगो लगाएको उनी निकट स्रोतले बतायो । गण्डकीमा एमालेभित्र स्थायी कमिटी सदस्य खगराज र उपमहासचिव पृथ्वीसुब्बा समूहको गुटगत राजनीति छ ।