• शनिबार, साउन ९ २०८३

सवारी दुर्घटनामा गाउँपालिकाका उपाध्यक्ष कार्कीको निधन


मंगलबार, भाद्र ४ २०८१
1.3K
Shares

सिमकोट – सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा निधन भएको छ । सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश०२००१ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ एमाले मोडमा दुर्घटना हुँदा उनी सख्त घाइते भएका थिए ।

नेपालगञ्ज मेडिकल कलेज भेरी अस्पतालमा उपचारका क्रममा उपाध्यक्ष कार्कीको गए राति निधन भएको अस्पतालले जनाएको छ । उनी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट गत स्थानीय तह  निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचत भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार