• शनिबार, साउन ९ २०८३

राज्यका हरेक निकायमा समावेशी सिद्धान्त र संविधानसम्वत प्रतिनिधित्वको ग्यारेण्टी गर्न माग


आइतबार, साउन २७ २०८१
4.1K
Shares

काठमाडौं । राज्यका हरेक अंगमा समावेशी सिद्धान्त र संविधानको मर्म अनुसार बाँडफाड हुनुपर्ने नेपाल मुस्लिम संघले माग गरेको छ । शनिबार संघको केन्द्रिय कमिटि, प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्षहरुको संयुक्त बैठकले राज्यका सबै अंग र तहमा समावेशी सिद्धान्त अनुसार प्रतिनिधित्वको ग्यारेण्टी गर्न माग गरेको हो ।

संविधानले सुनिश्चित गरेको समावेशी समानुपातिक ब्यवस्थालाई पछिल्लो समय मुख्य राजनीतिक दलहरुले नै लत्याएको र मुस्लिम, दलित तथा अल्पसंख्यक समुदायको अधिकार खोस्ने प्रयत्न भएको संघको निष्कर्ष छ ।

राजनीतिक दलहरुले संघिय, प्रदेश सरकार निर्माण गर्दा तथा कुटनैतिक नियोग, बिभिन्न समिति, परिषद लगायतमा मुस्लिम समुदायको प्रतिनिधत्व नगराएकोप्रति संघले गम्भिर आपत्ति समेत जनाएको छ । यस बिषयमा संघले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायत शिर्षस्थ नेताहरुलाई भेटेर ध्यानाकर्षण गराउने समेत निर्णय गरेको संघका महासचिव परवेज अन्सारीले जानकारी दिए ।

संघका अध्यक्ष अताबुल मन्सुरीको अध्यक्षतामा भएको बैठकमा संघका संस्थापक अध्यक्ष समेत रहेका नेपाली काँग्रेसका केन्द्रिय सदस्य अब्दुल सत्तारको प्रमुख आतिथ्यता रहेको थियो । बैठकलाई सम्बोधन गर्दै नेता सत्तारले संविधान र पार्टीको विधानको मर्म विपरित समावेशी र समानुपातिक ब्यवस्थालाई समाप्त गर्ने दिशामा दलहरु अघि बढ्न खोजेको आरोप लगाए । उनले तत्काल यस्ता कार्यलाई सच्याउन माग समेत गरेका छन् ।

बैठकमा नेपाली काँग्रेसकी केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा सदस्य जावेदा खातुनले राज्यका हरेक तह तथा निकायहरुमा संविधानको मर्म अनुसार मुस्लिम प्रतिनिधित्वको ग्यारेण्टी हुनुपर्ने बताइन् ।

संघका अध्यक्ष मन्सुरीले पछिल्लो समय पार्टी र सरकारले मुस्लिम लगायतका समुदायलाई उपेक्षा गरेको भन्दै असन्तुष्टि ब्यक्त गरे ।

बैठककै अवसरमा पार्टीका केन्द्रिय सदस्य सत्तारले पार्टीको शुभेच्छुक संस्था समन्वय बिभागको प्रमुखको जिम्मेवारी प्राप्त गरेकोमा बधाई तथा सम्मान समेत ज्ञापन गरिएको संघका सचिव रहिम मियाँले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार