गोरखा । नेपाल तरुण दल गोरखाले गोरखा नगरपालिकालाई मास्क र सेनिटाइजर सहयोग गरेको छ ।
बढ्दो कोरोनाको संक्रमण जोखिम न्यूनिकरणका लागि भन्दै तरुण दलले काेराेना राेकथाममा खटिने नगरपालिकाका कर्मचारी लाई ५ सय थान सजिर्ककल मास्क र ५ लिटर सेनिटाइजर सहयोग गरेको बताएको छ ।
सो सहयोग सामाग्री दरुण दल गोरखाका कार्यवहाक अध्यक्ष आनन्द गुरुङ (काजी) ले नगरप्रमुख राजनराज पन्तलाई सोमबार नगरपालिकाको कार्यालयमा हस्तान्तरण गरेका हुन । कार्यक्रममा नेपाली काँग्रेस तरुण विभागका जिल्ला संयाेजक ध्रुव पन्तकाे समेत सहभागिता रहेकाे थियाे ।
त्यस्तै नेपाल तरुण दल गोरखाले कार्यसमितिमा ३ जनालाई मनोनित गरेको छ ।
कार्यवहाक अध्यक्ष गुरुङको अध्यक्षतामा सोमबार नेपाली काँग्रेस गोरखाको पार्टी कार्यालयमा भएको बैठकले गोरखा नगरपालिका १२ का मनोज देवकोटालाई उपाध्यक्षमा मनोनित गरेको प्रवक्ता सन्तोष दुवाडीले जानकारी दिए ।
त्यस्तै विनोद पन्थ र सुरेन्द्र कुमाल कार्यसमिती सदस्यमा मनोनित भएका छन् ।