• शनिबार, साउन ९ २०८३

वडामा कर्मचारी नभएपछि अजिरकोट गाउँपालिका ४ को सम्पूर्ण सेवा बन्द


बिहिबार, साउन २४ २०८१
2K
Shares

गोरखा । अजिरकोट गाउँपालिकाले आवस्यक कर्मचारी नपठाउँदा वडा नम्बर ४ को सम्पूर्ण सेवा ठप्प भएको छ । बिहिबार वडा अध्यक्ष जंगबहादुर गुरुङले सार्वजनिक सूचना जारी गरी कर्मचारी नभएको कारणले वडाबाट प्रवाह हुने सबै प्रकारका सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द हुने बताएका हुन्।

‘अजिरकोट गाउँपालिका वडा नम्बर ४ सिम्जुङमा कर्मचारी नभएको कारण यस वडा कार्यालयबाट प्रवाह हुने प्रशासन, पञ्जिकरण र सामाजिक सुरक्षा नवीकरणसम्बन्धी काम अर्को सूचना प्रकाशित नहुन्जेलसम्मको लागि बन्द रहने भएको जानकारी’ अध्यक्ष गुरुङले जारी गरेको सूचनामा उल्लेख छ।

वडा अध्यक्षलाई जानकारी नगराई वडा सचिव बिदामा बसेपछि वडाबाट हुने सेवा प्रवाह ठप्प भएको हो। गाउँपालिकाले वडा कार्यालयमा कर्मचारी नपठाएको गुनासो वडाध्यक्षको छ।

454417382_2211903552490924_6203479991946917583_n-1723106812.jpg

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार