• शुक्रबार, साउन ८ २०८३

एमाले निकट युवा संघको गण्डकी प्रदेश उपसचिवमा गोरखाका किरण ढकाल सर्वसम्मत


मंगलबार, साउन १५ २०८१
3.2K
Shares

गोरखा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ गण्डकी प्रदेशको उपसचिवमा गोरखाका किरण ढकाल निर्वाचित भएका छन् । आइतवार लमजुङमा सम्पन्न प्रदेशको पहिलो अधिवेशनबाट ढकाल उपसचिवमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

नेकपा एमाले गोरखाको जिल्ला सदस्य समेत रहेका ढकाल यसअघि युवा संघको गण्डकी प्रदेश सचिवालय सदस्य थिए । त्यस्तै संघको सदस्यमा गोरखाबाट तीन जना निर्वाचित भएका छन् । महिलातर्फ रसिया मिया, पुरुषतर्फ दिलिप कोइराला र ठाकुर गोतामे निर्वाचित भएको संघले जनाएको छ ।

संघको अधिवेशनले स्याङ्जाका पिताम्वर खनालको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा लमजुङका रोशन गुरुङ, सचिवमा नवलपुरका आशा गैरे, उपसचिवमा ढकाल र सन्तोष शर्मा र कोषाध्यक्षमा तनहूँका जीवन क्षेत्री रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार