राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने निर्णय गरेको छ। पार्टी अनुशासन आयोगको सिफारिसमा बुधबार केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गरेको एक पदाधिकारीले नेपालखबरलाई जानकारी दिए।
पार्टी अनुशासन विपरीतका गतिविधि गरेको र पार्टीका विरुद्धमा लागेको भन्दै ढकाललाई निलम्बन गर्ने निर्णय भएको ती पदाधिकारीले बताए।
आजै अनुशासन आयोगको बैठकले ढकाललाई कारबाहीको लागि सिफारिस गरेको थियो।
बैठकमा बोल्न नमानेर बैठकबाहिर मिडियासँग पार्टीविरुद्ध बोलेकोमा पार्टीले कारबाही गरेको हो।
महामन्त्री ढकाल बुधबारको बैठकमा मुखमा मास्क र कालो टेप लगाएर पुगेका थिए। उनले नै तयार पारेको प्रतिवेदनमाथि रास्वपामा दिनभर छलफल भएको थियो।