• शनिबार, साउन ९ २०८३

दमौली अस्पतालमा २ थान डायलाइसिस मेसिन थपिए


आइतबार, असार ९ २०८१
1.4K
Shares

संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई रु २८ लाख बराबरका दुई थान हेमोडायलाइसिस  मेसिन प्रदान गरेको छ।

कम्पनीका जनसम्पर्क प्रमुख अन्जन दवाडीले दमौली अस्पतालका प्रमुख डा.परिवर्तन बराललाई शनिबार ती मेसिन हस्तान्तरण गरेका हुन्।

अस्पतालमा हाल दश वटा डायलाइसिस मेसिन छन्।

अस्पतालले दैनिक आठ वटा मेसिन सञ्चालन गरेर ५६ जना मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा प्रवाह गरिरहेको बरालले बताए। एउटा मेसिनबाट दैनिक तीन जना बिरामीको सेवा भइरहेको छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार