• शुक्रबार, साउन ८ २०८३

शिक्षक सरुवासम्बन्धी निर्देशिका कार्यान्वयन नगर्ने चेतावनी


शुक्रबार, जेष्ठ ३२ २०८१
1.3K
Shares

काठमाडौँ– नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले शिक्षा, विज्ञान तथा प्रविधि राष्ट्रिय मन्त्रालयबाट यही जेठ १३ गते जारी भएको ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१’ कार्यान्वयन नगर्ने चेतावनी दिएको छ।

नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले शिक्षामन्त्री सुमना श्रेष्ठलाई पत्र पठाई उक्त निर्देशिका संविधानको मर्म र विद्यमान शिक्षा ऐनको प्रतिकूल भएकाले खारेज गर्न माग गरेका छन्। संघका अध्यक्ष भीमप्रसाद ढुंगाना र गाउँपालिका राष्ट्रिय महासंघ अध्यक्ष लक्ष्मीदेवी पाण्डेद्वयले हस्ताक्षर गरेको पत्रमा स्थानीय गाउँ÷नगरपालिका सभाबाट पारित स्थानीय शिक्षा ऐन कार्यान्वयन गर्न सबै पालिकालाई आग्रह गरिएको छ।

यही जेठ २९ गते सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले सोही विषयमा आयोजना गरेको सरोकार भएकाहरूबीच भएको छलफलमा निर्देशिकामा असहमति व्यक्त गरिएको थियो। महासंघका अध्यक्ष गुणराज मोक्तानले यसबाट सामुदायिक विद्यालय सञ्चालन तथा गुणस्तर कायममा बाधा पुग्ने बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार