• शनिबार, साउन ९ २०८३

पूर्वप्रधानमन्त्री भट्टराई झाँडी फाँड्दै, वृक्षारोपण गर्दै


शनिबार, असार २० २०७७
1.1K
Shares

काठमाण्डाै । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई शनिबार हाफ पाइन्ट र कमिज लगाएर काठमाडौंको टोखामा वृक्षारोपण तथा गाेडमेलमा सक्रिय भएका छन्।

उनले त्यहाँ लामोलामो घाँस र झाडी सफा गरेर वृक्षारोपण गर्न व्यस्त रहेको तस्बिर सार्वजनिक गरेका छन्।

झाडी सफा गर्ने र वृक्षारोपण गर्ने काममा पूर्वमन्त्री तथा भट्टराई पत्नी हिसिला यमी, स्थानीयवासी र अरु केहि व्यक्तिहरुले पनि साथ दिएका थिए।

खैरो रङको हाफ पाइन्ट, कमिज र स्पोर्टस् जुत्ता लगााएर उनी त्यहाँ व्यस्त रहेका तस्बिरहरु भट्टराईको फेसबुक पेजमा सार्वजनिक गरिएको छ।

पूर्वप्रधानमन्त्री तथा संघीय समाजवादी पार्टीका अध्यक्ष भट्टराई केहि समययता अत्यन्त सामान्य र स्वभाविक शैलीमा यस्ता सामाजिक तथा सामुदायिक गतिबिधिमा पहिलेभन्दा अझ बढि सक्रिय देखिन्छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार