गोरखा । गण्डकी प्रदेश सभामा काङ्ग्रेसबाट विजयी सांसदहरुले लकडाउन अवधिभरिको यातायात खर्च नलिने घाेषणा गरेका छन् ।
शुक्रबार संसदीय दलको बैठक बसी काङ्ग्रेसबाट विजयी सांसदहरुले यातायात भत्ता नलिने निर्णय भएकाे दलका प्रवक्ता प्रकाशचन्द्र दवाडीले जानकारी दिए ।
सदन चलेको दिन संसदमा सहभागी हुन आएबापत गण्डकी प्रदेशले प्रत्येक सांसद तथा विषयगत समितिमा रहेका सांसदलाई रु ७५० का दरले यातायात खर्चको सुविधा दिने गरेको थियो ।