गोरखा । आफ्नो स्थापना दिवसका अवसरमा नेपाल मुस्लिम संघ गोरखा कार्यसमितिले जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण गरेको छ । १६ औं स्थापना दिवशका अवसरमा संघले आज शनिबार जिल्ला अस्पतालमा उपचाररत बिरामीलाई फलफुल वितरण गरेको हो ।
संघका गोरखा अध्यक्ष जमिल मियाँका अनुसार करिब ४५ जना बिरामीलाई फलफुल वितरण गरिएको हो ।
कार्यक्रममा नेपाली काँग्रेसका गोरखा नगरसभापति चन्दनबाबु खत्री, वडा नम्बर ६ का वडाध्यक्ष दिलिप जोशी, मुस्लिम विभागका सदस्य बाबुदिन मियाँ, मोहम्मद कलाम मियाँ लगायतको उपस्थिती रहेको संघले जनाएको छ ।
यसैगरी मुस्लिम संघका केन्द्रिय सदस्यहरु मोहसिन अलि मियाँ, अलि बकस मियाँको समेत सहभागिता रहेको थियो ।
२०६६ साल जेठ १२ गते नेपाली काँग्रेसको भातृ संगठनका रुपमा विधिवत रुपमा संघको स्थापना भएको थियो । हाल काँग्रेसका केन्द्रिय सदस्य रहेका अब्दुल सत्तारको नेतृत्वमा संघको स्थापना भएको थियो । स्थापना दिवशका अवसरका संघले आज देशैभर बिभिन्न कार्यक्रम गरेको जनाएको छ ।