प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबारबाट सहकारीको रकम अपचलनविरुद्ध सडक आन्दोलन गर्दैछ।
गृहमन्त्री रवि लामिछाने पनि सहकारी प्रकरणमा जोडिएको भन्दै संसद् अवरोध गर्दै आएको कांग्रेसले शुक्रबारबाट सडक आन्दोलन गर्ने निर्णय गरेको थियो। जसका लागि कांग्रेसले ३ जिल्लामा १५ जना प्रतिनिधि तोको छ।
कांग्रेस प्रचार विभागले दिएको जानकारी अनुसार काठमाडौँमा अब्दुल सतार, सीता थपलिया, (उर्मिला), रंगमती शाही, कुन्दन काफ्ले, नैनसिंह महर, गुरु बराल, आङ्गेलु शेर्पा, उमेशजंग रायमाझी, डा डिला संग्रौला, सरिता प्रसाईं रहेका छन्।
त्यस्तै, ललितपुरमा उमाकान्त चौधरी, देवेन्द्रराज कँडेल र अर्जुन जोशी तोकिएका छन्।
भक्तपुरमा इन्द्र बानियाँ र गणेश लामा तोकिएका छन्।
कांग्रेसले संसद् पनि चल्न दिएको छैन। बुटवलको सुप्रिम, पोखराको सूर्यदर्शन लगायत सहकारीको बचत अपचलनमा गृहमन्त्रीको संलग्नता रहेको कांग्रेसको आरोप छ।
यसबारे समिति बनाउन दलहरू सहमत भएपनि कार्यादेश (टीओआर) मा सहमति हुन नसक्दा संसद्को गतिरोध अन्त्य भएको छैन।