गोरखा मनकामना यातायात सेवा प्रालिको अध्यक्षमा पुनः सुरेन लामिछाने निर्वाचित भएका छन् । प्रालिको शनिवार जिल्ला सदरमुकाममा सम्पन्न भएको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनमा निकटतम प्रतिस्पर्धी ताराबहादुर खड्कालाई ११ मतले हराउँदै लामिछाने अध्यक्षमा निर्वाचित भएका हुन् ।
लामिछानेले ५६ मत प्राप्त गरेका थिए भने खड्काले ४५ मत । कुल १ सय ४ मत खसेपनि ३ मत भने बदर भएको थियो । प्रालिको उपाध्यक्षमा सुमन कार्की, महासचिवमा देवेन्द्रजंग कुँवर, कोषाध्यक्षमा अर्जुन पाण्डे निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा सुवास थापा मगर, हरि गैरे, शंकर रिमाल र सन्तोष रोका निर्वाचित भएको निर्वाचन अधिकृत स्थानेश्वर दुवाडीले बताए ।
इकाइ संयोजकमा हरमटारी क्षेत्रबाट रामचन्द्र थापा, बाह्र किलोबाट सत्यराम थापा, बसपार्कबाट कुमार सिर्मल र आँवुखैरेनीबाट आकाश गुरुङ निर्विरोध निर्वाचित भएको उनले जानकारी दिए । अन्य पदमा निर्विरोध निर्वाचित भएपनि अध्यक्ष पदका लागी भने निर्वाचन भएको थियो ।