• शनिबार, साउन ३० २०८३

नेकपामा विवाद चर्कियाे, आज भनिएकाे स्थायी कमिटी बैठक फेरी स्थगित


शनिबार, असार २० २०७७
915
Shares

काठमाण्डाै । पार्टीभित्रको तीब्र विवादबीच शनिबारसम्म स्थगित गरिएको नेकपाको स्थायी कमिटी बैठक फेरि सोमबार सम्मका लागि स्थगित गरिएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सो जानकारी दिएका हुन्।

सहमतिको प्रयत्न गर्न दुई अध्यक्षबीच टेलिफोनमा संवाद गरी स्थायी समितिको बैठक दुई दिन स्थगित भएकाे एक नेताले बताए ।

गत सातादेखि सुरु भएको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकार दुवैको राम्रोसँग नेतृत्व नगरेको भन्दै राजीनामा गर्नुपर्ने माग गरिएको छ।

अध्यक्ष ओलीले भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको शुक्रबारको कुराकानीमा राजीनामा गर्नुपर्ने माग आफूलाई अस्वीकार्य भएको भन्दै अन्य कुनै प्रस्ताव भए त्यसमा मात्र छलफल गर्न सहमत भएको बताएपछि विवाद थप बल्झिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार