काठमाडौँ- नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद् बैठकमा बोल्ने दिने भएको छ ।
शुक्रबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिको हैसियतमा बोल्न दिने र बोलेपछि संसद् अवरूद्ध गर्ने जनाएको छ ।
संसदीय छानबिन समिति नभएसम्म बैठक अवरुद्ध गर्ने कांग्रेसले तयारी गरेको बैठकमा सहभागी एक नेताले बताए ।
अघिल्लो अधिवेशनमा कांग्रेसले लामिछानेलाई बोल्न दिएको थिएन् ।