गोरखा । यस बर्ष गोरखा जिल्लाबाट हज यात्रामा जान लागेका हजयात्रीहरुलाई नेपाली काँग्रेस गोरखा नगर समितिले बिदाई गरेको छ । नगर समितिले आज आइतबार हज यात्रामा जान लागेका १३ जना हजयात्रीहरुको बिदाई गरेको हो ।
काँग्रेसका नगर सभापति चन्दनबाबु खत्रीको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा गोरखा नगरपालिकाका निवर्तमान मेयर समेत रहेका काँग्रेसका महासमिति सदस्य राजनराज पन्त, पार्टीका जिल्ला समिति प्रवक्ता भगवानबाबु मास्के लगायतको सहभागिता रहेको थियो ।
हजयात्रीलाई दोसल्ला लगाएर बिदाई गरिएको सभापति खत्रीले बताए । यस बर्ष गोरखा नगरपालिकाका ११ र भिमसेन थापा गाउँपालिका ६ का २ जना गरी १३ जना हजयात्रामा जान लागेका हुन।
जसमा रहमतुल्ला मियाँ, शुरिला मियाँ, महिबुब मियाँ, सरिफा मियाँ, सम्मदिन मियाँ, सानू बिबि मियाँ, पुनरबकस मियाँ, रजिया बिबि, पिर बकस मियाँ, हाजरी बिबि, खुर्सिदा बिबि, अहमदिन मियाँ र हनिफा विवि रहेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।