पाहुना टोली वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हार व्यहोरेसँगै घरेलु टोली नेपालले पाँच खेलको टी२० शृंखला गुमाएको छ।
बिहीबार भएको शृंखलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’सँग २८ रनले पराजित भएपछि नेपालले घरेलु मैदानमा भएको शृंखला एक खेलअगावै गुमाएको हो।
पाँच खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’ले ३–१ ले जित निकाल्दै शृंखला आफ्नो पक्षमा पारेको छ।
पहिलो खेलमा ४ विकेटले जित निकालेको नेपालले त्यसयता लगातार तीन खेलमा पराजित भएको छ। शृंखलाको दोस्रो खेलमा १० रनले पराजित भएको नेपाल तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो।
शृंखलाको अन्तिम तथा पाचौँ खेल शनिबार हुनेछ।
वेस्ट इन्डिज ‘ए’ले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको नेपाल १ सय ८१ रन बनाउँदा इनिङ्सको अन्तिम बलमा अलआउट भयो।