• शनिबार, साउन ९ २०८३

प्रचण्ड-माधव समुहका मन्त्रीहरुले राजीनामा दिने तयारी, हेर्नुस् काे-काे हुन् ?


शुक्रबार, असार १९ २०७७
920
Shares

काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा माग्ने पक्षधरका मन्त्रीहरु राजीनामा दिने तयारीमा पुगेको छन् ।

विश्वस्त स्रोतका अनुसार उनीहरुलाई राजीनामाका लागि तयार रहन उक्त समुहका शिर्ष नेताहरुले भनेका छन् । निर्देशनलगत्तै मन्त्रीहरुले राजीनामा पत्र तयार गरिसकेकाे समाचार रिपाेर्टसनेपालले प्रकाशित गरेकाे छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामदेव गौतम एकजुट भएर प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेका छन् ।

उनीहरुले आज अन्तिम प्रयास गरेर ओलीलाई सरकारबाट फिर्ता हुन भन्ने नभएमा कडा निर्णय लिने तयारी गरिसकेका छन् । विश्वस्त स्रोतका अनुसार आज साँझ या भोलिभित्र ओलीको विपक्षमा रहेका मन्त्रीहरुले राजीनामा बुझाउनेछन् ।

राजीनामा बुझाउन तयार भएका मन्त्रीहरुमा प्रचण्ड पक्षधर गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत र खानेपानीमन्त्री विना मगर छन् ।

माधव-बामदेव निकट कृषिमन्त्री घनश्याम भुसाल पनि राजीनामा दिने तयारीमा छन् । प्रचण्ड समुहबाट मन्त्री बनेका लेखराज भट्ट र माधव नेपाल समुहबाट मन्त्री भएका योगेश भट्टराईले भने राजीनामा दिने नदिने निश्चित छैन ।

मन्त्रीहरुले आजसम्म विकास हुने घटनाबारे कुर्ने र हाइकमान्डको निर्देशन अनुसार कदम चाल्ने गरी तयारी गरका छन् । ओलीइतर समुहका एक मन्त्रीका अनुसार कुनैपनि बेला राजीनामा दिने गरी तयारी भइसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार