गोरखा । नेपाल विद्यार्थी संघले पालुङ्टारमा वृक्षारोपण गरेको छ । नेपाली काँग्रेसका पूर्व सभापती, पूर्व प्रधानमन्त्री एवं दोश्रो जनआन्दोलनका कमाण्डर गिरिजाप्रसाद कोइरालाको ९७ औं जन्मजयन्तीको अबसरमा वृक्षारोपण गरिएको हो ।
२०६२/०६३ को सयुक्त आन्दोलनका सर्वोच्च कमाण्डर, शान्ति स्थापनाका महानायक कोइरालाको सम्झनामा विभिन्न जातका विरुवाहरु रोपिएको नेविसंघका जिल्ला सचिव मिलनसिंह बस्नेतले जानकारी दिए ।
कार्यक्रममा नेपाली काँग्रेस पालुङटारका सभापती एवं नगरप्रमुख दिपकबाबु कंडेल, सचिव बिमल ढकाल, नेबिसंघका जिल्ला अध्यक्ष सुबास अधिकारी, सचिव मिलनसिंह बस्नेत लगायतको उपस्थिती रहेको थियो ।
