• शनिबार, साउन ९ २०८३

गोरखा–अमेरिका सम्पर्क समितिद्धारा काँग्रेस भवन निर्माणमा साडे ३ लाख सहयोग


बिहिबार, असार १८ २०७७
1K
Shares

गोरखा । अमेरिकामा बस्ने गोरर्खालीहरुले नेपाली काँग्रेस गोरखाको भवन निर्माणको लागि आर्थिक सहयोग गरेका छन् ।

नेपाली काँग्रेसको पार्टी कार्यालय भवन निर्माणको क्रमममा खर्च भएको मध्ये भुक्तानी गर्न बाँकी रहेको रकम तिर्ने उदेश्यले ३ लाख ६० हजार रुपैया सहयोग पठाएका हुन । नेपाली कांग्रेस गोरखा–अमेरिका सम्पर्क समितिले ३ हजार अमेरिकी डलर सहयोग गरेको नेपाली काँग्रेस गोरखाका सचिव नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।

समितका अध्यक्ष विश्व भट्टको नेतृत्वमा अमेरिकामा बस्ने नेपालीहरुले रकम संकलन गरी पठाएको सचिव न्यौपानेले बताए । सो रकम गोरखा सदरमुकाममा स्थित तिनधारेमा पार्टी कार्यालय र हल निर्माण गर्दा भुक्तानी गर्न बाँकी रहेको रकम तिर्ने योजना रहेको उनको भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार