गोरखा । शहिद लखन गाउँपालिकामा नमुना संसद अभ्यास भएको छ । गाउँपालिकाको आयोजना तथा राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुरको सहयोगमा गाउँपालिकाको सभाहलमा स्थानीयले युवाहरुले नमुना संसद अभ्यास गरेका हुन् ।
सोमबारबाट सुरु भएको नमुना युवा संसद प्रशिक्षण तथा अभ्यास बुधबारसम्म चलेको थियो । बिहीबार नमुना युवा संसद र नमुना युवा गाउँसभा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
युवाको नेतृत्व सीप बिकासको लागि उत्प्रेरणाको रुपमा उक्त अभ्यास गराएको गाउँपालिकाको शिक्षा अधिकृत राजेन्द्र खनालले जानकारी दिए । नमुना युवा संसद र नमुना युवा गाउँसभामा गाउँपालिकाका ९ वटै वडाका प्रतिनिधित्व गर्ने वडा युवा क्लबका ३२ पदाधिकारीलाई अभ्यास गराएको उनले बताए ।
‘संसद र गाउँसभा जसरी चलाइन्छ सो सरह नै युवाहरुलाई अध्यक्ष, उपाध्यक्ष सचिव र अन्य सदस्यहरु बनाएर अध्यास गराइएको थियो,’ उनले भने, ‘सो कार्यक्रम युवाहरुका लागि प्रेरणदायी भएको छ ।’ कार्यक्रममा मुख्य प्रशिक्षक सन्ध्या लिङ्थेम र कमला वन्तले प्रशिक्षण दिएकी थिइन् ।
गाउँपालिका भित्रका १ देखि ९ वडाका १६ देखि २४ वर्ष सम्मका स्थानिय तहका सञ्चालन हुने संसदिय अभ्यासको बारेमा प्रशिक्षण दिएको प्रशिक्षक सन्ध्या लिङ्थेमले बताइन् ।
‘यो ४ दिबशिय कार्यक्रम हो, यो युवा तथा खेलकुद मन्त्रालय अन्र्तगत राष्ट्रिय युवा परिषद्बाट आएको कार्यक्रम हो,’ उनले भनिन्, ‘पहिलो दिन र दोस्रो दिन कक्षा सञ्चालन गरेको र तेस्रो दिन संसदको अभ्यास गराई चोथो दिनमा युवाहरुलाई प्रस्तुत गर्न लगाइएको थिो ।’
स्थानीय तह कसरी सञ्चालन हुन्छ, स्थानिय तहको निति तथा कार्यक्रम कसरी पास हुन्छ, संसदिय भनेको के हो ? लोकतान्त्रिक पद्धतिमा हाम्रो स्थानीय कसरी अभ्यास गरिरहेको छ, स्थानीय तहको कार्यबिधिमा रहेको संसदीय दलको कार्य बिधिको बारेमा सिकाएको उनले बताइन् ।
कार्यक्रमले युवाहरुलाई क्षमता बिकासका लागि आफुहरुलाई दिएको अभ्यास सरणिय भएको युवा नमुना युवा सांसदका दिबस पाण्डेले बताए ।
कसरी कार्यक्रमहरु सञ्चालन गर्ने, स्थानिय स्तर के कस्ता भुमीकाहरु हुन्छ, प्रतिनिधिहरुले कसरी आफ्नो भुमिकाहरु ब्यक्त गर्ने, प्रतिनिधि भइयो भने कसरी कार्यक्रम सञ्चालन गर्ने, कार्यक्रमहरुलाई कसरी प्रस्तुत गर्ने, आचारसंहिता केके हुन सक्छन भन्ने जान्ने अवसर पाएको भन्दै उनले खुसी ब्यक्त गरे ।
‘केही दिन मात्र भए पनि संसद अभ्यास तालिमले धेरै नै सिक्ने अवसर मिल्यो,’ उनले भने, ‘यो कार्यक्रम निकै उपलब्धी पूर्ण भयो ।’ उनले सिकेको कुराहरुलाई सम्पुर्ण वटाका सदस्यहरुलाई पनि सिकाउन सहजिकरण गरिदिन गाउँपालिकालाई अनुरोध गरका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगर,गाउँपालिकाका शिक्षा समिति सदस्यहरु रमेश श्रेष्ठ, खुन प्रशाद रेग्मी, नमुना युवा सांसदका सांसद मिनकुमारी चेपाङ लगायतले मन्तव्य राखेका थिए ।
गाउँपालिका युवा सञ्जालको अध्यक्षमा दिबस पाण्डे गाउँपालिकाले सोही कार्यक्रमका वीच गाउँपालिका युवा सञ्जाल गठन गरेको छ । शहिद लखन ९ का दिबस पाण्डेको अध्यक्षतामा ११ सदस्यिय युवा सञ्जाल गठन भएको छ ।
जसको उपाध्यक्षमा वडा नं. ७ की पार्वती गुरुङ, सचिवमा वडा नं. ३ की मनिसा श्रेष्ठ, कोषाध्यक्षमा वडा नं. ४ की मिन कुमारी चेपाङ, सह–सचिवमा वडा नं. ८ का आसिश श्रेष्ठ चयन भएका छन् । त्यसैगरी अन्य ६ सदस्य गरि ११ सदस्यि युवा सञ्जाल गठन भएको छ ।