काठमाडौँ । एसीसी प्रिमियर कपमा आज नेपाली क्रिकेट टिमले मलेसियाविरुद्ध खेल्दैछ । साविक विजेता नेपालले आज मलेसियाविरुद्ध खेल्दै एसीसी प्रिमियर कपको उपाधि रक्षाको यात्रा सुरु गर्न लागेको हो ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार ४ः१५ बजेदेखि सुरु हुनेछ । आज मलेसियाविरुद्ध मैदान उत्रिँदा नेपाली टिम सोही लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, साउदी अरेबिया र कतार छन् । प्रतियोगितामा कुल १० टिमको सहभागिता छ । गत संस्करणझै यस संस्करणमा पनि विजेताले आगामी वर्ष ट्वान्टी–२० संरचनामा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ ।
यसअघि घरेलु मैदानमा भएको प्रतियोगिताको उपाधि जित्दै नेपालले गत संस्करणको एसिया कप खेलेको थियो ।