• शनिबार, साउन ९ २०८३

खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त, दिपक मनाङेले लिए पाँचौ पटक मन्त्रीको सपथ


आइतबार, चैत्र २५ २०८०
1.5K
Shares

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिएका छन् । मुख्यमन्त्री सहित माओवादीका हरिबहादुर चुमान र स्वतन्त्र सांसद दिपक मनाङेले पनि शपथ लिएका छन् । मनाङे पाँचौ पटक मन्त्री बनेका हुन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री र मन्त्रीहरुलाई शपथ गराएका हुन् ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि एमालेका खगराज अधिकारीले संविधानको धारा १६८ (२) अनुसार आज बिहान दाबी पेश गरेका गरेका थिए ।

अहिले अधिकारीलाई मुख्यमन्त्री बनाउन नेकपा एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जना सांसदको समर्थन रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार