• शनिबार, साउन ९ २०८३

संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिका निम्ति दरखास्त आह्वानको तयारी


सोमबार, चैत्र १९ २०८०
1.4K
Shares

काठमाडौं । संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिका निम्ति दरखास्त आह्वानको तयारी गरिएको छ ।

आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकबाट महालेखापरीक्षकमा सचिव तोयम रायालाई सिफारिस गरिएको छ । बाँकी पदमा आवेदन खोल्ने निर्णय गरिएको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् । महालेखापरीक्षक भने संवैधानिक बाध्यताका कारण आइतबारै सिफारिस गरिएको उनले बताइन् ।

निर्वाचन आयोग, महिला आयोग, मुस्लिम आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा एक/एक सदस्य पद रिक्त छ । यी आयोगमा नियुक्ति सिफारिस सहमतिमा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । स्रोतका अनुसार, नेताहरूबीच भागन्डामा सहमति भएको छैन ।

संवैधानिक आयोगका पदाधिकारी रिक्त हुनुभन्दा एक महिनाअगावै सिफारिस गर्ने संवैधानिक व्यवस्था छ । तर, महालेखापरीक्षक पद झन्डै एक वर्ष अर्थात् गएको जेठ ७ गतेदेखि रिक्त छ ।

नेपालको संविधानको धारा २८४ (३) मा भनिएको छ, “संवैधानिक परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगावै यस संविधानबमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्नेछ ।”

संवैधानिक परिषद्ले भने खाली भएको महिनौँसम्म नियुक्ति सिफारिस नगर्दा ती निकायमा पदाधिकारी रिक्त छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार