• शनिबार, साउन ९ २०८३

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार राति चीनको औपचारिक भ्रमणमा जाँदै


आइतबार, चैत्र ११ २०८०
2.1K
Shares

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार राति चीनको औपचारिक भ्रमणमा जाँदै छन्।

परराष्ट्रमन्त्री श्रेष्ठ आइतबार मध्यराति ११ बजे चीनको भ्रमणका लागि प्रस्थान गर्न लागेका हुन्।

परराष्ट्रमन्त्री श्रेष्ठ चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा जान लागेका हुन्।

उनले चैत्र ११ गतेदेखि चैत्र १९ गतेसम्म चीनको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री श्रेष्ठ बोआओ फोरममा भने नजाने भएका छन्। त्यस्तै बीआरआई परियोजना कार्यान्वयन सम्झौतामा पनि यस पटक हस्ताक्षर नहुने बताइएको छ ।

चीन भ्रमणका क्रममा श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्ने छन्।

उनले बेइजिङ र अन्य प्रान्तमा जनवादी गणतन्त्र चीनका उच्च तहका विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

भ्रमण सम्पन्न गरी परराष्ट्रमन्त्री श्रेष्ठ चैत १९ गते स्वदेश फर्किने कार्यक्रम छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार