• शनिबार, साउन ९ २०८३

संसदमा आज प्रधानमन्त्रीसंग सवाल जवाफ


मंगलबार, चैत्र ६ २०८०
1.4K
Shares

काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएकाे छ । संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा उक्त बैठक बिहान ११:०० बजेदेखि सुरु भएकाे हाे ।

 

संसद्‌ सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

यसैगरी, अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक २०८० माथि विचार गरियोस्’ प्रस्तुत गर्नेछन् ।

साथै, आ.ब. २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संसद्‌का महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार