• शुक्रबार, असोज ९ २०८३

ओली संकटमा : आफूनिकट मन्त्री तथा सांसदलाई बिहानै बोलाए बालुवाटार


बुधबार, असार १७ २०७७
820
Shares

काठमाण्डाै । आफ्नै पार्टीका नेताले प्रधानमन्त्री पदबाट राजीनामा मागेपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) बिहानै आफूनिकट मन्त्री तथा सांसदलाई सरकारी निवास बालुवाटारमा बोलाएका छन्।

अहिले प्रधानमन्त्रीको सरकारी निवासमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटन मन्त्री योगेश भट्टराईलगायत ओलीनिकट मन्त्री तथा सांसद भेला भएका छन्। साथै बैठकमा मध्यमार्गी विचार राख्ने पूर्वमाओवादीका केही सांसदलाई पनि बोलाइएको छ

प्रधानमन्त्री ओलीले पार्टीभित्र देखिएका असन्तुष्टि तथा सत्ता संघर्षका विषयमा छलफल गर्न तथा सल्लाह लिन आज बिहानै साढे ७ बजे आफूनिकट नेताको बैठक आह्वान गरेको नेकपाका एक नेताले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री ओलीले  अहिले केही सांसदसँग छलफल गरिरहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार