• शनिबार, साउन ९ २०८३

महीन्द्र यादव समूहले माओवादी केन्द्रसंग एकताको घोषणा गरेसंगै एक्लिए बाबुराम


शनिबार, चैत्र ३ २०८०
1.9K
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) फुटेको छ।

नेसपाकै अर्का अध्यक्ष महीन्द्रराय यादव समूहले सत्तारुढ नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सहमति गरेसँगै नेसपा दुई चिरा परेको हो।

आज (शनिबार) बिहान यादव पक्षको नेसपा र माओवादी केन्द्रबीच भएको वार्ताले पार्टी एकता गर्ने लिखित सहमति गरेको हो।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेसपा अध्यक्ष डा. भट्टराई भने पार्टी एकता गर्न हुँदैन भन्ने पक्षमा थिए।

सोही कारण अर्का अध्यक्ष र उनीबीच पार्टीभित्र टकराव बढ्दै गएको थियो।

बैठकले एकीकृत पार्टीको नाम भने आगामी महाधिवेशनबाट टुंगो लगाउने निर्णय गरेको छ ।

साथै, पार्टी एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारीका लागि कार्यदल पनि गठन गरेको छ ।

कार्यदलमा माओवादीको तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार