काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद असिम शाहले पछिल्लो समय नेपालबाट खेलाडीहरु पलायन भइरहेको भन्दै संसदमा चिन्ता व्यक्त गरेका छन् । आज शुक्रबार प्रतिनिधी सभा बैठकमा बोल्दै सांसद शाहले खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसंग खेलाडी पालयनको क्रमलाई रोक्ने र पलायन भइसकेकालाई स्वदेश फर्काउने योजना मागेका छन् ।
‘बहुसंख्यक फुटबल खेलाडीहरु विदेश पलायन हुँदै गएकोमा उनिहरुलाई रोक्ने र फर्काउने तयारी के हुँदैछ ?’ उनले रास्वपाबाटै मन्त्री बनेका श्रेष्ठसंग जवाफ मागे ।
त्यस्तै शाहले आफ्नै साथीहरु मन्त्री पदमा भएपनि प्रश्न सोध्ने र खबरदारीको अभियान नरोकिने भन्दै स्पष्ट पारे । ‘उत्तर दिने ठाउँमा हाम्रा साथीहरु नै भएपनि हामी निरन्तर खबरदारी गरिनै रहनेछौ ।’ सांसद शाह प्रश्न गरे ‘टियूको क्रिकेट ग्राउण्डमा फ्लड लाइट र स्कोरबोर्ड कहिले आउँछ ?’
सम्बोधनका क्रममा उनले नेपालमा समेत इ स्पोर्टस्लाई अगाडी बढाउनुपर्नेमा जोड दिएका छन् ।
यस्तो थियो सांसद शाहको सम्बोधन
हिजो प्रतिपक्षमा रहेका हामीहरु आज सत्तापक्षमा आएका छौ, हाम्रा आसनहरु परिवर्तन भएपनि भाषणहरु परिर्वतन हुने छैनन् । चाहे सत्ता पक्षमा रहुँ या प्रतिपक्षमा, हामी जनतको पक्षमा आवाज उठाइनै रहनेछौ ।
उत्तर दिने ठाउँमा हाम्रा साथीहरु नै भएपनि हामी निरन्तर खबरदारी गरिनै रहनेछौ । प्रतिपक्षले पनि गर्नुहोला तर मर्यादित रुपमा ।
त्यसैले म खेलकुद मन्त्री ज्यूलाई अन्तराष्ट्रिय खेलकुदको बाहानामा विदेश गएका खेलाडी बाहेक एन्फा पदाधिकारीहरुलाई कारबाही गर्न निर्देशन दिएकोमा धन्यवाद दिदै थप केहि प्रश्नहरु गर्न चाहान्छु । द
शरथ रंगशालामा हुने तय भएको बहराइन विरुद्धको खेल हुन नसक्नुको पछाडीको कमजोरी के रह्यो ? टियूको क्रिकेट ग्राउण्डमा फ्लड लाइट र स्कोरबोर्ड कहिले आउँछ ? बहुसंख्यक फुटबल खेलाडीहरु विदेश पलायन हुँदै गएकोमा उनिहरुलाई रोक्ने र फर्काउने तयारी के हुँदैछ ?
संसारमा इ स्पोर्टस्ले फड्को मारिसक्यो, हामीले अब इ स्पोट्सलाई अगाडी बढाउन ढिला गर्नुहुन्न भनी मन्त्री ज्यूको ध्यानाकर्षण गराउन चाहान्छु, धन्यवाद ।